मधुसूदन रायमाझी, सिरहा । जब वर्षा शुरू हुन्थ्यो तब सिरहा जिल्ला गोलबजार नगरपालिका–३ निपानेका मुसहर बस्तीमा पानीको निकास नहुँदा विवाद चर्किन्थ्यो । विवाद टोलमा मात्र सीमित नरही प्रहरी कार्यालयसम्म पुग्थ्यो । घर अगाडिको हिलाम्मे बाटामा टोलका बालबालिका चिप्लिएर लड्ने दृश्य सामान्य मानिथ्यो । राजमार्गबाट नजिकै रहे पनि मुसहर वस्तीका बासिन्दाले कहिल्यै आफ्नो घर अगाडिको हिलाम्मे […]