काठमाडौं । साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लण्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदैछ । फिल्म छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टोली बुधबार दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । लामिछाने, कार्यकारी निर्माता अजितकुमार थापा र सहायक निर्देशक फिरोज खड्का दिल्ली हुँदै लण्डन जान लागेका हुन् […]