विभिन्न वैदिक तथा पौराणिक ग्रन्थहरूमा आख्यायिका वा कथाका माध्यमले पनि धर्मको वा ज्ञानको उपदेश दिइएको देखिन्छ। शास्त्रीय ग्रन्थहरूमा ती आख्यायिका दिनुको उद्देश्य सरल रूपले अध्येताले धर्मको रहस्य बुझून् भन्ने हो। साथै विद्याको उपदेश कसरी गर्नुपर्छ भन्ने देखाउन तथा विद्याको महत्त्व प्रदर्शन गर्न पनि आख्यायिकाको सहयोग लिइएको पाइन्छ। तथापि तिनको तात्पर्य यथार्थ रूपमा बुझ्ने र बुझाउने […]