काठमाडौँः गोङ्गबुमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
अदालतको आदेश अनुसार उनीहरूलाई केन्द्रीय कारागार सुन्धरा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीले २३ वर्षीय हिक्मत नेपाली, हस्त नेपाली, दीपक नेपाली, रतन नेपाली, शिवहरि बुढा, युवराज…