काठमाडौं (अस) । लक्ष्मी बैंकले भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायकमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ ।
कमलविनायक शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ ।
नयाँ शाखा विस्तारपछि आफ्नो सेवा थप सुदृढ हुने विश्वास बैंकको छ । हाल बैंकले १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।