पप्पु कन्स्ट्रक्सनले बनाएन ९ वर्षसम्म पनि रानीघाट पुल

निर्माण थालिएको ९ वर्ष भइसक्दा पनि सुर्खेत–तेलपानी–भुरीगाउँ सडकखण्डमा पर्ने रानीघाटस्थित भेरी नदीको पुल अझै बनेको छैन । पुल नबन्दा यात्रुलाई सुर्खेत–बर्दिया आवतजावत गर्न रत्न राजमार्ग हुँदै बाँकेको कोहलपुर भएर जानुपर्ने बाध्यता छ । २०७१ मा आएको बाढीले झोलुंगे पुलसमेत भत्काएपछि स्थानीय थप सास्ती भोग्न बाध्य छन् ।

सम्बन्धित सामग्री

१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल

सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५...

पप्पु कन्स्ट्रक्सन - नामै काफी छ: १७ करोडको पुल, साढे सात वर्षसम्म १० प्रतिशत

गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोला जोड्ने पुल बनाउन साढे सात वर्षअघि सम्झौता भएको थियो । ठेकेदार पप्पु कन्स्ट्रक्सन भनेपछि दोहोर्‍याउनु नपर्ला, काम अलपत्र छ । २०७१ असारमा सम्झौता भएर २०७४ पुसमा पुल निर्माण सकिनुपर्ने थियो । तर म्याद सकिएको चार वर्षसम्म १० प्रतिशत मात्र प्रगति भएको छ ।

हिउँदमा पनि माई नदीमा डुंगाकै भर

झापा–हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जे७ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ । हिउँदमा काम हुन्छ बर्खामा बनाएको पुलको केही भाग खोल र राखिँदै आएको छ । २०७२ जेठ […]

निर्माण भएको तीन वर्षमा पनि सञ्चालनमा आएन टेकु पुल

काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्स्ट्रक्सन प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए ।     ‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ,’ उनले भने । अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुंगो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको विषयमो टुंगो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुन सक्ने प्रमुख नेपालीले बताए । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुंगो लागिसकेको छैन । सो पुल निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० मा ठेक्का सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले बताएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिनेगरी बन्द गरिएको प्रमुख नेपालीले बताए । जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले बताएको छ । अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ, त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले बताएको छ । रासस

आर्क एन्ड ब्रिज प्रविधिको पुल अलपत्र : नयाँ प्रक्रियाबाट निर्माण गरिने

काठमाण्डाै - काठमाण्डौको तीनकुनेमा वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट पुल बनाउन लागिएको हो । नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट वाग्मती पुल निर्माण गर्ने सम्झौता भएको थियो । अबको केही दिनमा ठेक्का सम्झ...

मध्यपहाडी लोकमार्गले तोड्यो पप्पुसँग ठेक्का, ६ करोड २२ लाख थप रकम भराउने

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय धुलिखेलले पप्पु कन्स्ट्रक्सन तीनकुनेसँगको ठेक्का तोडेको छ। खुर्कोट-घुर्मी सडकअन्तर्गत खाङसाङ र सोखुखोला पुल

बद्नाम पप्पुलाई ११ अर्बकाे ठेक्का, तर सबै अलपत्र

काठमाडाैं । पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।   सार्वजनिक खरिद ...

विवादास्पद पप्पुलाई साढे ५ अर्बको पुल मात्रै

काठमाडौँ । सरकारले विवादास्पद पप्पु कन्स्ट्रक्सन कम्पनीलाई पुल बनाउनकै लागि साढे ५ अर्ब रुपैयाँको ठेक्का दिएको पाइएको छ । एकपछि अर्को ठेक्का लिने तर काम नगर्ने पप्पु कम्पनीले राजनीतिक आड र दबाबले ...

जब्दीघाट पुल भासिएपछि छानबिन सुरु - Karobar National Economic Daily

बर्दियाः गुलरिया–मगरगाडी हुँदै पूर्व–पश्चिम राजमार्ग जोडने बबई नदीको जब्दीघाट पुल निर्माण सम्पन्न भएको वर्ष दिनभित्रै भासिएपछि सडक विभागले छानबिन सुरु गरेको छ ।   निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना…