गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोला जोड्ने पुल बनाउन साढे सात वर्षअघि सम्झौता भएको थियो । ठेकेदार पप्पु कन्स्ट्रक्सन भनेपछि दोहोर्याउनु नपर्ला, काम अलपत्र छ । २०७१ असारमा सम्झौता भएर २०७४ पुसमा पुल निर्माण सकिनुपर्ने थियो । तर म्याद सकिएको चार वर्षसम्म १० प्रतिशत मात्र प्रगति भएको छ ।