चैत २४ गते रुकुम पश्चिममा एक भव्य कार्यक्रममा सहभागी भइयो । प्रभाकर दाइले फागुन १ जनयुद्ध दिवसकै अवसरमा रुकुम जाऊ भन्नुभएको थियो । त्यो बेला विभिन्न कारणले जान सकिएन । जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिम माओवादी केन्द्रले ‘आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रुपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रम’ आयोजन गरेको थियो । प्रभाकर दाइले चैत २२ गते हाते फोनमा भन्नुभयो, ‘लोकेन्द्र ऐरीसँग रुकुम आउनुस् । म रुकुम आइसकेको छु ।’पश्चिम रुकुम जानुपर्ने महत्त्वपूर्ण दुई कारण थिए