रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द भएको छ । बुधवार बेलुकादेखि निरन्तर परेको झरीका कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएकाे हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्गकाे रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठा...