रुकुम पश्चिम : माओवादी केन्द्रले उम्मेदवार टुङ्गाे लगायाे

रुकुम पश्चिम – नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ । आज सोमवार बसेको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनाेट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।  माओवादी रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव विक्रम बुढाथोकीका अनुसार जिल्लाको चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा बीएमको नाम ...

सम्बन्धित सामग्री

रुकुम पश्चिम प्रदेश सभा (क) बाट माओवादीका महेन्द्र केसी विजयी

रुकुम पश्चिम - पश्चिम प्रदेश सभा (क) मा माओवादी केन्द्रका महेन्द्र केसी विजयी हुनुभएको छ । केसी १९ हजार ३३ मत ल्याएर विजयी हुनुभएको हो ।  उहाँका निकतम् प्रतिस्पर्धी नेकपा एमालेका नारायण कुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ । १० हजार ९५२ मतान्तरले केसी विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार शाहले एक हजार ११ मत प्राप्त गर्नुभएको छ ।  केसी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।

रुकुम पश्चिम प्रदेशसभा (ख) मा माओवादी केन्द्रका शर्मा विजयी

रुकुम पश्चिम – रुकुम पश्चिम प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्मा विजयी हुनुभएको छ । २९ हजार ३४५ सदर मतमध्ये शर्माले २० हजार १६० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत ल्याउनुभएको छ । १२ हजार ७३ मतान्तरले शर्मा विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका प्रदेशसभा सदस्यमा विजयी शर्मा माओवादी केन्द्रको पोलिटब्युरो स...

रुकुम पश्चिममा जनार्दनको अग्रता कायम

७ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् । शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।

रुकुम पश्चिम : तोडिएला त माओवादीको किल्ला?

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभामा त्रिपक्षीय भिडन्त हुँदैछ।सत्ता गठबन्धनबाट नेकपा माओेवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दलाल देवकोटा र स्वतन्त्रबाट ३३ वर्षीय युवा तारक केसी उम्मेदवार छन्।केसीले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा गठबन्धनका शर्मा र स्वतन्त्र उम्मेदवार केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका अर्थमन्त्रीसमेत रहेका शर्माका लागि यस

रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।  बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।  माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो । कांग्

कर्णाली प्रदेशसभाका लागि माओवादीबाट १० उम्मेदवार, को कस्ता ?

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशमा नेकपा माओवादीले १० जना उम्मेदवार मैदानमा उतारेको छ । माओवादीले प्रदेशमा २४ सिटमध्ये गठबन्धनबाट १३ सिटमा दाबी गरेपनि अन्ततः १० सिटमा मात्रै उम्मेदवारी दिएको हो । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले माओवादीको भागमा ९ सिटमा सहमति जुटाएको थियो । तर, रुकुम पश्चिम (ख)मा कांग्रेस/माओवादी दुबै दलको नाम उल्लेख थियो । सोहीअनुसार त्यहाँ माओवादी र कांग्रेस दुबैले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ अनुहारलाई प्राथमिकतामाओवादीले आफ्नो भागमा

रुकुम पश्चिम त्रिवेणी–१ मा माओवादीका बागी उम्मेदवार निर्वाचित

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर निर्वाचित भएका हुन्।उक्त वडामा बागी उम्मेदवार रहेका सुन्दरले माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए। सुन्दरले ५ सय ७७ मत ल्याएका छन् भने लक्ष्मणको पक्षमा ४ सय १७ मत आएको छ।अरु ४ सदस्यमा पनि बागी तर्फकै उम्मेदवार निर्वाचित भएका छन्।सदस्यमा कमला ब

रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिम - रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हाे।  झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले न...

सुर्खेत र रुकुम पश्चिममा अझै मिलेन गठबन्धनभित्रको किचलो, तय हुन सकेनन् उम्मेदवार

सुर्खेतः आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धन अझै भागबन्डाकै किचलोमा छ। बिहीबारदेखिको निरन्तरको बैठकले सिट बाँडफाँट टुंगो लगाउन नसकेपछि केन्द्रीय नेतृत्वलाई जिम्मा दिइएको छ। बाँडफाँटमा सहमति हुन नसकेको सुर्खेत र रुकुम पश्चिम जिल्लाको पालिकाको उम्मेदवार केन्द्रको निम्मा लगाइएको हो। भागबण्डामा सहमति हुन नसक्दा केन्द्रीय नेतृत्व कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी…

पालिका चुनाव : एमालेले रुकुम पश्चिममा टुङ्ग्यायो उम्मेदवार

रुकुम पश्चिम – नेकपा एमाले रुकुम पश्चिमले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।  आज बुधवार जिल्लाको बागबजारमा रहेको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका तीन नगरपालिकाका प्रमुख र उपप्रमुख र तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार टुङ्गो लगाएको हो । टुङ्गो लगाएका उम्मेदवारहरूलाई चुनावको टिकटका लागि प्रदेश कार्यालयमा सिफारिस गरिने बताइएको छ ।  नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर...