रुकुम पश्चिम – रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीमा रहेको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते हुनुभएको छ ।
पुलबाट खसेर जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन घाइते हुनुभएको उहाँका छोरा प्रेमबहादुरले जानकारी दिनुभयो । घाइते पुनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते पुनकाे ढाडको करङ र दुवै खुट्टा भाँचिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
स्थानीयवासी टोपेन्द्र विश्वकर्माले पुलका विभिन्न भागमा रहेका फलेकहरू झरेको र राखिएका काठहरू कुहिएर थप जोखिम भएको बताउनुभयो ।...