काठमाडौं । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखले संसद विघटनबारे सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज आइतबार बुझाउँदै छन् ।संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो ।राष्ट्रपतिका तर्फबाट राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्रीको कार्यलयले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्नेछन् । त्यस्तै सभामुखले भने संसद सचिवालयमार्फत जवाफ प