सभामुख अग्निप्रसाद सापकोटासँगको छलफलमा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको सबै अधिकार आफै एक्लैले प्रयोग गरेको आरोप लगाएका छन् । संसद जिवित छ भन्नेकुरा देखाउन सभामुखले आफ्नो सक्रियता बढाउनुपर्ने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । सभामुखले संसदीय समितिका सभापति, नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुको छलफललाई अझै तिव्रता दिनुपर्ने श्रेष्ठको भनाई छ ।