बेनीमा २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण

म्याग्दी : देशमा कोरोना संक्रमित बढ्दै जान थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि म्याग्दी सदरमुकाम बेनीको खुल्लामञ्चस्थित शैक्षिक तालिम केन्द्रमा १५ बेड क्षमताका आइसोलेसन कक्ष निर्माण भइसकेको छ भने थप ५...

सम्बन्धित सामग्री

महासंघको नेतृत्वमा तीन आइसोलेसन सञ्चालनमा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उपत्यकामा तीन वटा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघले कमलादी, क्षेत्रपाटी र पुल्चोकमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। कमलादीमा २६ बेड, क्षेत्रपाटीमा ५० बेड र पुल्चोकको आइसोलेसन सेन्टरमा ३० बेड क्षमता छ। यी तीनै स्थानमा अक्सिजनको व्यवस्था भने छैन।

बेनी अस्पतालमा २० शय्याको सुविधासम्पन्न आइसोलेसन

म्याग्दी : बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणधीन भवनमा निर्माण गरिएको आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ। आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका शय्या प्रयोगमा ल्याइएको छ।कोरोना भाइरस संक्रमण फैल

डोटीमा स्थानीय तहले निमार्ण गरे ७३ आइसोलेसन बेड

डोटी । डोटीमा स्थानीय तह र तथा निजी तथा सामुदायिक अस्पतालले अक्सिजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएका छन् । भारतबाट घर फर्किनेको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भएसंगै अक्सिजन सहितको आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएको बडी केदार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहीले बताए । बुधवार सम्म डोटीमा बडी […]

पर्वत अस्पतालमा २० वटा आइसोलेसन बेड थप

कोभिड–१९ का संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा बेड थप गर्न थालिएको छ ।जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी अस्पतालवाट आवश्यक कपडा लगायतका सामग्री लगेर २० बेड थप गरिएको […]

झापा गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार

देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।  पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक

पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा अक्सिजनसहितको आइसोलेसन बेड

कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ।...

तिलोत्तमा नगरपालिकामा ४० बेड क्षमताको आइसोलेसन निर्माण

काठमाडौं। तिलोत्तमा नगरपालिकामा अक्सिजनसहित ४० बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ। अक्सिजनको अभावमा कोही पनि विरामीले दुःख नपाउन भनेर आइसोलेनस निर्माण गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। हिजो एकैदिन नगरपालिकामा १२३ जनामा कोरोना पोजेटिभ देखिएको थियो। नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र ७ अत्यन्त जोखिमपुर्ण रहेको उनले बताए। शंखरनगरस्थित स्वास्थ्य चौकीलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ।

अस्पतालमा बेड अभाव‚ आइसोलेसन निर्माणमा जुटे दाङका स्थानीय तह

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमह

सुर्खेतको सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने

सुर्खेत । सुर्खेत जिल्लाका सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने निर्णय गरेको छ।  शनिबार प्रमुख जिल्ला अधिकारी छविलाल  रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले सो निर्णय गरेको हो ।  प्रदेश अस्पतालमा कोरोनाका बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने लागिएको  जिल्ला प्रशासन कार्यालयले आईतबार जानकारी गराएको हो ।राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोरो

कर्णालीका हरेक जिल्लामा ५० देखि ५ सय आइसोलेसन बेड बनाइने

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच–पाँच सय शैय्याको आइसोलेसन बेड विस्तार गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरेको हो ।प्रदेशका सबै […]