बेनी अस्पतालमा २० शय्याको सुविधासम्पन्न आइसोलेसन

म्याग्दी : बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणधीन भवनमा निर्माण गरिएको आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ। आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका शय्या प्रयोगमा ल्याइएको छ।कोरोना भाइरस संक्रमण फैल

सम्बन्धित सामग्री

उद्योग वाणिज्य संघको संयोजनमा सुविधा सम्पन्न आइसोलेसन

उद्योगी व्यवसायीहरूको संस्था मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । नियमित स्वास्थ्यकर्मीको निगरानी रहनेगरी हेटौंडा–२ स्थित पल्पसा भवनमा ३० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले आइसोलेसन अभाव हुने देखिएको भन्दै उद्योग वाणिज्य संघको संयोजनमा विभिन्न संघसंस्थाको सहयोगमा ३० जना बिरामी […]

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ […]

हरिसिद्धिमा बन्यो सुविधासम्पन्न आइसोलेसन केन्द्र

वर्षा महर्जन । कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरका स्थानीय तहले आ–आफ्नो क्षेत्रका जनतालाई लक्षित गर्दै आइसोलेसन निर्माणलाई तिव्रता दिएका छन् । ललितपुरको हरिसिद्धिका वडा २८ र २९ मा आइसोलेसन निर्माण गरिएको छ । अस्पतालमा कोरोनाका जटिल संक्रमितहरुले समेत शैया नपाइरहेका बेला सामान्य लक्षण देखिएका संक्रमितलाई आफ्नो ठाँउमा राखेर राम्रो उपचार...

खोप र स्वाब संकलनको दायरा बढाउन उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश

दाङ : उच्च अदालत तुलसीपुरले जिल्लाका स्थानीय तह तथा अन्य सम्बन्धित निकायलाई अन्तरिम आदेश जारी गरेको छ। 'औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब संकलन र पिसिआर परीक्षण दायरालाई व्यापक विस्तार गर्न, सुविधासम्पन्न आइसोलेसन, आइसियू, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्नू/गराउन' भनी बिहीबार अदालतले अन्तरिम आदेश गरेको हो। त्यस्तै अदालतले  बालबालिका, महिला, ज्येष्ठ नागरिक र विपन्न वर्गलगायत विशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यलाई क्वारेन्टाइन, आइसोलेसन केन्द्रमा राख्दा तथा औषधि उपचार गर्दा प्राथमि...

अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष  धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । ‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

काठमाडौं महानगरपालिका: आइसोलेसन सहितको अस्पताल निर्माण गर्न समिति गठन

कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन

गल्याङमा तयार भयो ५० शय्याको आइसोलेसन

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा स्याङ्जाको तीन ठाँउमा १२० शय्याको सुविधासम्पन्न आइसोलेसन कक्ष तयार गरिएको छ । अस्पतालको पूर्वाधार भएका ठाँउलाई आइसोलेसनमा परिणत गरिएको हो । पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आइसोलेसन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गर्नका लागि प्रदेश सरकारबाट १० लाख रुपियाँ प्राप्त भएको हो ।  प्रदेशबाट उपलब्ध रकम भवन मर्मत र सङक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गर्ने शर्माले बताउनुभयो ।

भैरहवामा भेन्टिलेटरसहितको आइसोलेसन अस्पताल

भिम अस्पताल भैरहवामा ३५ बेडको सुविधासम्पन्न आइसोलेसन अस्पताल बनाइएको छ

कोरोनाविरुद्ध लड्न उदयपुरमा यस्तो छ तयारी (तस्बिरहरू)

उदयपुर : उदयपुरका आठवटै स्थानीय तहहरूले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन बनाएका छन् भने नगरपालिकाहरूले सुविधासम्पन्न ‘आइसोलेसन’ तयार गरेका छन्‌।  जिल्लाको चौदण्डीगढी नगरपालिकाले दुईजना डाक्टर र अन्य स्वास्थ्यकर्मीमार्फत २४ सै घन्टा स्व...

चौदण्डीगढीमा आइसोलेसन, क्वारेन्टाइन र पीपीईको व्यवस्था

उदयपुरको चौदण्डीगढी नगरपालिकाले कोरोना भाइरस महामारीको सम्भावित संक्रमण नियन्त्रण गर्न सुविधासम्पन्न आइसोलेसन र क्वारेन्टाइन तयार गरेको छ । नगरपालिकाले उपचारमा संलग्न चिकित्सकका लागि ३० थान पीपीई पनि बितरण गरेको छ । नगरले हरेक वडामा स्थापना गरिएका क्वारेन्टाइनमा पीपीईसहितका स्वास्थ्यकर्मीले २४ सै घन्टा सेवा प्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।