अस्पतालमा बेड अभाव‚ आइसोलेसन निर्माणमा जुटे दाङका स्थानीय तह

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमह