स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी साउनदेखि उत्पादन सुरु गर्ने भएको छ । २०६५ सालबाट निर्माण सुरु भएको आयोजनाको पहिलो युनिटको विद्युत्को उत्पादन आगामी साउनको दोस्रो सातादेखि उत्पादन गर्ने भएको हो ।
साउनमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका आयोजनाको छ ।