बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा एक साताभित्र पानी हालिने भएको छ । सुरुङमा पानी हाल्नका लागि बाँधमा बुधबारदेखि पानी भर्न सुरु गरिएको छ ।आयोजनाको काम करिब सकिएकाले विद्युत् उत्पादन गर्नका लागि पानी हाल्न थालिएको हो । शनिबारसम्म बाँधमा पानी भरिने र आइतबारदेखि सुरुङमा पानी पठाउने तयारी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका […]