भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले ४० वर्ष लामो जेल यातनापछि हालै रिहा भएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राजदूत आचार्यले दुर्गाप्रसाद घर पुगेकोमा सन्तोष लागेको जनाएका छन् ।
आचार्यले लेखेका छन्, ‘अनाहकको चालिस वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ । उनको रिहाइमा धेरैको सहयोग रहेको छ, धन्यवाद छ । अगाडि पनि बाँकी प्रक्रियामा नेपाली दूतावास र कोलकतास्थित महावाणिज्य दूत...