कोभिड-१९ महामारीबाट भारत आक्रान्त छः राजदूत आचार्य

काठमाडौं। भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ महामारीबाट भारत आक्रान्त बनेको बताएका छन्। "संकटको यस घडीमा भारत सरकारको प्रशासन संयन्त्र, सुरक्षा निकाय र स्वास्थ्य सेवाले माहामारी सामना गरिरहेको छ," आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले विकास गरेको कोरोना खोप तथा बृहत एवं सन्तुलन स्वास्थ्य संयन्त्र यस विपद्लाई छिट्टै किनारा लगाउन सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

भारतले कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दिएको छ : राजदूत आचार्य

२० पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् । भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’ भारत सरकारले […]