स्वदेश फर्किन लागेका राजदूत आचार्यले गरे दूतावासमा झण्डा पूजा

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दशैंको नवमीको दिन दूतावासमा झण्डा पूजा गरेका छन् । नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा राजदूत आचार्यले झण्डा पूजा गरेका हुन् । कार्यक्रममा दूतावासका कर्मचारीहरु सहभागि थिए ।  सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य केही दिनमा स्वदेश फर्किदै छन् । आचार्यले मंगलवार मात्र भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग विदाई भेट गरेका थिए ।  पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूत आचार्यलाई प्रधानमन्त्री शेरबहादुर देउव...