इलाम : आज सुखानी शहीद स्मृति दिवस। अर्थात् मुलुकमा लोकतन्त्र स्थापनाका लागि भनी ‘झापा विद्रोह’मा लागेका पाँच योद्धाहरूलाई तत्कालीन पञ्चायती शासकले हत्या गरेको दिन।नेपाली राजनीतिक इतिहासमा ‘झापा विद्रोह’को रुपमा चिनिएको आन्दोलनका लागेका पाँच योद्धालाई पञ्चायती शासकले कारागार सार्ने निहुँमा २०२९ सालमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो। २०२८ देखि २०३० सम्म झापामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ