युवालाई उद्यमशीलतातर्फ अग्रसर बनाउँदै युवा परिषद्

राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ ।  युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरूमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो । परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि पर...

सम्बन्धित सामग्री

राष्ट्रिय युवा परिषद् : आवश्यकता कि चुनौती ?

नेपालको जनगणनालाई आधार मान्दा १६ देखि ४० वर्ष उमेरसमूहको युवाको संख्या ४२.५६ प्रतिशत छ, जुन नेपालका लागि ठूलो अवसर पनि हो । विश्वका कैयौँ देशमा यो उमेरसमूहका युवाको संख्या कम हुँदा...

युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन नियुक्त

हेटौंडा– जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् । जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् […]

युवासम्म पुग्नै सकेन युवा परिषद्

युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को

पोखरा महानगरका १० वडामा ‘नगर युवा परिषद्’ गठन

पोखरामा ‘नगर युवा परिषद्’ गठन गरिएको छ । पोखरा महानगरपालिकाका १० वटा वडामा युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यले नगर युवा परिषद् वडा समिति गठन गरिएको हो । पोखरा महानगरले गत वैशाखमा युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो । महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले अबको एक महिनाभित्र सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए । गौतमका अनुसार हाल वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ मा अशोक अधिकारी

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैँकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विका

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंक Nabil Bank Limited  बीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिईएको बैंकले जनाएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्   ।

राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बन्यो : माधव ढुंगेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलले राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बनेको दाबी गरेका छन् । परिषद्मा सोमबार आयोजित बिदाइ कार्यक्रममा ढुंगेलले छोटो समयमै परिषद्...

राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । The post राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर नपाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर न.पा.बीच युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम संचालन गर्ने सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।

नबिल बैंकद्वारा युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग समझदारी

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ । नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।