काठमाण्डाै – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मङ्कीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो ।
सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मङ्कीपक्सकाे बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको गुनासाे गर्नुभयाे । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निद्राकाे अवस्थामा...