बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ : सांसद भट्टराई

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद भट्टराईले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने जिकिर गरिन् ।...