वैशाख ११, काठमाडौं । साताको पहिलो कारोबार दिन बजार खुलेको तीन घण्टा अवधिमा नेप्से परिसूचक ६५ दशमलव ५५ अंक बढेको छ ।
नेप्से परिसूचक २ हजार ३९० दशमलव ९९ विन्दुमा पुगेको हो भने कुल रू. १ अर्ब ४७ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका २३२ ओटा धितोपत्र मध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
घलेम्दी हाइड्रो लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रोको शेयरमूल्य १० प्रतिशत र जाल्प सामुदायिकको ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी सर्वाधिक शेयर खरीद विक्री अरुण भ्याली हाइड्रोपावरको रू. ६ करोड ६३ लाख बराबरको भएको छ ।