काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ काे उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटाे खुला भएकाे छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीकाे तयारी छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ ।...