राष्ट्रपतिद्वारा 'रेल्वे अध्यादेश' जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रेल सञ्चालन सम्बन्धि 'रेल्वे अध्यादेश' जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले जनकपुर-जयनगर रेल चलाउनलाई आवश्यक व्यवस्थासहितको अध्यादेश जारी गरेकी हुन्। अध्यादेशमा अन्तरदेशिय रेल सेवा सञ्चालन सम्बन्धि व्यवस्था राखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा मन्त्रीपरिषद्ले राष्ट्रपति कार्यालय समक्ष पेस गरेको थियो।