आणविक हतियार भएको मुलुक उत्तर कोरियाले शुक्रवार राजधानी प्योङयाङमा पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छ ।
जो बाइडन अमेरिकाका राष्ट्रपति बन्नुभन्दा केही दिनअघि उत्तर कोरियाले शक्तिप्रदर्शन गरेको हो ।
उत्तरको सरकारी सञ्चारमाध्यमका अनुसार, सर्वोच्च नृता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको महाधिवेशन बैठकमा देशको प्रधानशत्रु अमेरिका भएको बताएका छन् ।
उनले भुत्ले कालो टोपी र छालाको कोट लगाएर बेस्सरी मुस्काउँदै किम इल सुङ स्क्वेयरस्थित एक मञ्चबाट हात हल्लाएको तस्वीर सरकारी स...