नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कमिटी सभापतिमा नेता निलकाजी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काँग्रेस काठमाडौंको पालिका अधिवेशन शनिबारको लागि तय भएको सन्दर्भमा शाक्यले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । शाक्यले काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगर समितिमा सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अन्य दावेदारहरुले पनि अन्तिम समयमा आफूलाई नै सहयोग गर्नेमा विश्वास व्यक्त गरे । काँग्रेसमा प्रकाशमान सिंह निकट भनेर चिनिने उनले सर्वसम्मत स