काठमाडौं महानगरपालिका मतगणना (अपडेट)

काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन्। १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छन् भने बालेन शाह ३१ मतका साथ दोस्रोमा छन्।...

सम्बन्धित सामग्री

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको उनले बताइन् । मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको […]

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

मतगणना साह्रै सुस्त

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा आफूले चाहेर पनि मतगणनालाई तीब्रता दिन नसकिएको गुनासो गर्छन् । मतगणनाको प्रक्रिया, ठूलो मतपत्र, सीमित ठाउँ, सीमित जनशक्ति र क्रस भोटहरु धेरै भएका कारण मतगणनामा समस्या भइरहेको उनको कथन छ । शनिवबार बिहानदेखि राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]

काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा धाँधली भएको आरोप प्रत्यारोपबीच मतगणना स्थगित भएको हाे। आज (सोमबार) बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको छ । उनीहरुबीच केही समयसम्म चर्काचर्की समेत भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी […]

काठमाडौं–३२ को मतगणना रोकियो

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो । केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

काठमाडौं-३२ को मतगणना स्थगित

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ । सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले  र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

काठमाडौं महानगरपालिका : मतगणना शनिबार बिहान ८ बजे हुने

काठमाडौं :   काठमाडौं महानगरपालिकाको मतगणना भोली हुने भएको छ। शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती  राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरपालिका : मतगणनाको लागि सर्वदलीय बैठक सुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने भएको छ । यसको लागि निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेको कारण मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरिएलगतै सर्वदलीय बैठक सुरु भएको जनाईएको छ । काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत […]

काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।

काठमाडौं महानगरको नेतृत्व चयनका लागि कांग्रेसको मतगणना जारी

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समिति नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । महानगरसमितिको नेतृत्व चयनको लागि आइतबार भएको मतदानमा १३ सय ३९ मत खसेको थियो । काठमाडौ महानगरपालिका सभापतिको लागि प्यानलसहित प्रगतिमान रञ्जित र नीलकाजी शाक्य चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । रञ्जित प्यानललाई सभापति शेरवहादुर देउवा […]