काठमाडौं । नयाँ सरकार गठनमा अंकगणित पुर्याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिनकै लागि विद्रोहीहरूलाई आममाफी दिने प्रावधान भएको अध्यादेश ल्याउने मन्त्रीपरिषद्को निर्णयको सर्वत्र विरोध भएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक […]