नेपालबाट भारतमा तथा भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करी भइरहेका छन् । प्रहरी वा संघ संस्थाले उद्धार गर्दा सीमित घटना सार्वजनिक पनि हुन्छन् । उद्धार गरिएका भन्दा धेरै ठूलो संख्यामा नाबालिग तथा युवा युवतीको अवैध तस्करी निरन्तर भइरहेका छन् ।
१४ माघ, काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले अनलाइनखबरसँग बताए । अनुसन्धानका क्रममा आरोपीले झुठ बोलेको […]
अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य […]
काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो । उनीहरु दुवै जनालाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको […]
काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् । उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय […]
विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।...
The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.
विराटनगर / प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा...
The post प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै appeared first on Purbeli News.