काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्। अध्यक्ष नेपालले एमालेमा केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेर बसेका १० भाइको बिजोग रहेको कटाक्ष गरेपछि त्यसको जवाफ फर्काएका हुन्। अध्यक्ष नेपालले शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘ओलीको सामु समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ। अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ।