पर्सा : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै उच्च अदालत बार एसोसिएशन वीरगन्ज पनि आन्दोलनमा उत्रिएको छ।न्यायालयभित्रको न्यायिक शुद्धीकरणको माग गर्दै उच्च अदालत बार एसोसिएशन वीरगन्ज पनि आन्दोलनमा उत्रिएको हो।बार एसोसिएशनका अध्यक्ष प्रमोदप्रसाद साहको अगुवाइमा यहाँका कानुन व्यवसायी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको मूल गेटमा धर्नामा बसे। हातमा कालो पट्टी बाँधी अहिले ११ बजेबाट १२ बजेसम्म एक घण्टा उनीहरू धर्नामा बसेका थिए।अदालतको गेटमा बसेका उनीहरूल