नेपाल टेलिकमका कर्मचारी आन्दोलित

नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्।...

सम्बन्धित सामग्री

छिमेकी देशमा विश्वकप निशुल्क, नेपालमा भने मिडिया हबको 'लूट धन्दा'

यतिबेला पाकिस्तानको एरि डिजिटल स्पोर्ट्सले कतारमा हुने फुटबल विश्वकपको प्रत्यक्ष प्रसारण आफ्नो टेलिभिजन च्यानल ए स्पोर्ट्स एचडी मार्फत हुने प्रचार गरिरहेको छ । उसले प्रत्यक्ष प्रसारण 'फ्री' अर्थात् निशुल्क हुने पनि बताईरहेको छ । त्यस्तै बंगलादेशको टी स्पोर्ट्स टेलिभिजन च्यानलले पनि 'फिफा विश्वकप २०२२' सिधै टी स्पोर्ट्सको स्क्रिनमा हेर्न सकिने भन्दै प्रचार गरिरहेको छ। एरि डिजिटल स्पोर्ट्स र टी स्पोर्ट्सले आफै फिफाबाट प्रसारण अधिकार भने लिएका होइनन्। फिफाले नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार भारतीय कम्पनी भियाकम १८ इन्डियालाई दिएको थियो । पाकिस्तानमा भियाकमले आफुले पाएको प्रसारण अधिकार एरि डिजिटल स्पोर्ट्सलाई बेचेको हो। त्यस्तै भियाकमले बंगलादेशमा आफुले पाएको अधिकार एभिमोर, एभिमोरले नरवेस्टर र नरवेस्टरले टी स्पोर्ट्सलाई बेचेको हो । भियाकमले नेपालमा पनि आफुले पाएको प्रसारण अधिकार मिडिया हब प्रालिलाई बेचेको हो । जुन तरिकाबाट भियाकमले प्रसारण अधिकार पाकिस्तान र बंगलादेशको कम्पनीलाई बेचेको हो, सोहि तरिकाबाट भियाकमले नेपालको अधिकार पनि मिडिया हबलाई बेचेको हो । यो एक्सक्लुसिभ अधिकार हो । पाकिस्तान र बंगलादेशका च्यानलले आफुले प्रसारण अधिकार खरिद गरेर दर्शकलाई निशुल्क रुपमा विश्वकप देखाउने तयारी गरिरहेका छन् । तर नेपाल भने सोहि प्रकृतिको अधिकार खरिद गरेर मिडिया हबले विश्वकप देखाउन दर्शकसँग थप शुल्क अर्थात् ५०० मागिरहेको छ । अर्थात् ५०० नतिर्ने दर्शकले विश्वकप हेर्न पाउने छैनन् ।मिडिया हबका अध्यक्ष सोम धिताल आफुले १५ लाख डलरमा भियाकमबाट प्रसारण अधिकार खरिद गरेको बताउछन् । यो रकम नेपाली रकम अनुसार २० करोड हाराहारी हुन आउँछ । २० करोडमा अधिकार खरिद गरेको र विश्वकप निशुल्क देखाउंदा आफुलाई घाटा पर्न भन्दै शुल्क लिन लागिएको उनको भनाई छ।तर उनले भने जस्तो निशुल्क विश्वकप देखाउंदा मिडिया हबलाई घाटा हुने अवस्था भने छैन । मिडिया हबले हिमालयन टेलिभिजन मार्फत विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ। विश्वकप लाइभ देखाउन पाउनु आफ्नो लागि गौरव र प्रतिष्ठाको विषय भएकोले हिमालयन टिभीले कुनै शुल्क नलिने निर्णय गरेको छ । अर्थात् विज्ञापन र दर्शकबाट जति रकम उठ्छ सबै मिडिया हब र केबुल सेवा प्रदायकले पाउने छन् । विज्ञापन एजेन्सीहरु विश्वकपमा विज्ञापन बाट नै २० करोड सजिल्यै उठ्न सक्ने बताउछन् । मिडिया हबका मालिक धिताल आफै विज्ञापन संघका अध्यक्ष समेत हुन् । उनले विश्वकप् हेर्न पैसा लिने निर्णय गरेपछि विज्ञापन संघ नै फुटेर हाल २ वटा भएको छ । विज्ञापन बाट नै सम्पूर्ण खर्च उठेर नाफा समेत हुने स्थिति हुँदा हुँदै अनि मिडिया हबले दर्शकसँग पैसा लिएर लुट धन्दा गर्न लागेको केहि विज्ञापन एजेन्सीको आरोप छ ।विज्ञापन बाहेक मिडिया हबले ओटिटि प्लेटफर्म मार्फत पनि विश्वकप देखाउने तयारी गरिरहेको छ । यसको लागि उसले नेपाल टेलिकमको साथै ऐनसेलसँग पनि छलफल गरिरहेको छ । ओटिटि अधिकार २० करोड रुपैयाँ सम्ममा बिक्रि गर्ने मिडिया हबको योजना भएपनि नेपाल टेलिकमको संचालक समिति ससर्त २३ करोडसम्म दिन तयार देखिन्छ। यसो हुँदा ओटिटि अधिकार बिक्रि बाट नै मिडिया हबले भियाकमसँग अधिकार खरिद गर्दाको खर्च उठ्ने देखिन्छ। यसो हुँदा विज्ञापनबाट आउने रकम उसको नाफा हो । त्यसैले पनि दर्शकबाट थप रकम उठाएर मिडिया हबले विश्वकप फुटबल देखाउने बहानामा लुटधन्दा गर्न लागेको भन्दै दर्शक समेत रुष्ट बनेका छन् । भायाकमले प्रसारण अधिकार लिएको भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा पनि विश्वकप हेर्न दर्शकबाट थप शुल्क माग गरिएको छैन । सबै देशमा विज्ञापन बाट नै खर्च उठाएर दर्शकलाई निशुल्क खेल देखाइने छ । तर नेपालमा भने मिडिया हबले दादागिरी गरेको गुनासो बढ्न थालेको छ । यो पनि :- काही नभएको जात्रा नेपालमा : विश्वकप हेर्न पनि पैसा तिर्नुपर्ने- विश्वकप फुटबलमा ३५ करोडको व्यापार गर्ने टेलिकमको लक्ष्य, शर्तसहित बोर्डले दियो स्वीकृति- विश्वकप फूटबलको प्रत्यक्ष प्रसारणबारे टेलिकमका कर्मचारी आन्दोलित, घाटाको व्यापार गरेको आरोप- कतारमा हुन गइरहेको फिफा फुटबल विश्वकप यति धेरै विवादित किन ?

नेपाल टेलिकमका कर्मचारी आन्दोलित

नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्।

टेलिकमकै कर्मचारी प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमका कर्मचारी बुधबार आन्दोलनमा उत्रेका छन् । टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । आज नेपाल टेलिकम वर्कश युनियनले केन्द्रीय कार्यालमा खबरदारी सभाको आयोजनमा समेत गरेको थियो । टेलिकमकै वरिष्ठ कर्मचारीलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्न कर्मचारीको माग रहेको छ । प्रबन्ध निर्देशक […]

नेपाल टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन्।बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कस युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो। सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन्।टेलिकममा संस्था बुझेको, संस्थामा भिजेक

आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौँ– कर्मचारीको हक र हित विपरित नयाँ नियमावली लागू गरेको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । विभिन्न चरणको आन्दोलन  गर्दै आएका उनीहरुले बुधबार टेलिकमको कार्यालयमा धर्ना बसेका हुन् । २०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध जनाएका हुन् । आफ्ना मागबारे व्यवस्थापन […]