कोभिड–१९ संक्रमणदर बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेपछि करीब ८ लाख श्रमिकका परिवार समस्यामा परेका छन् ।
यसअघि पनि महामारी नियन्त्रण लागि भन्दै २ पटक गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको क्रममा पनि रात्रिकालीन व्यवसाय (लोकदोहोरी साँझ, डान्स रेस्टुरेन्ट, पब, बार) व्यवसाय सञ्चालक र श्रमिक आर्थिक संकटमा परेका थिए ।
सोमवारदेखि स्मार्ट लकडाउन शुरू भएपछि रात्रिकालीन सबै व्यवसाय बन्द गरिएका छन् ।
महामारी शुरू हुँदा सरकारले सबैभन्दा पहिला त्यस्ता व्यवसाय बन्द गराउँछन् भने खुल्ने बेलामा पनि सबभन्दा ढिलो तिनै व्यव...