रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

सम्बन्धित सामग्री

काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट खोल्न पाइने

डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान दुई बजेसम्म र डिस्को तथा क्लब बिहान चार बजेसम्म सञ्चालन गर्न दिने प्रशासनको निर्णय काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी जिल्ला प्रशासन कार्यालयले नयाँ समयतालिका...

अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं- काठमाडौं जिल्लामा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।​ रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जान...

अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं- काठमाडौं जिल्लामा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।​ रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जान...

अब रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाइने

काठमाडौँ। सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो। कुनै पनि रात्रिकालीन व्यवसाय राती १० बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्थालाई परिमार्ज गर्दै होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुन पाउने भएका हुन्।

आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ । आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि […]

फागुन १ गतेदेखि सिनेमा हलसहित रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने

काठमाडौं । फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ ।  आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना...

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने (सीसीएमसीको निर्णयसहित)

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ ।

मन्त्रिपरिषदको निर्णयः निषेधाज्ञाको अधिकार सीडीओलाई, डान्सबार र दोहोरी साँझ बन्द

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधसम्बन्धी निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार निषेध सम्बन्धि निर्णयको अधिकार सीडीओहरुलाई दिने निर्णय गरेको हो ।यस्तै, आजकै बैठकले जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतका कार्य गर्न पनि रोक लगाएको छ । विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा अधिकतम २५ जना मात्रै जम्मा हुन पाउने गरी सिमा तोकिएको एक मन्त्रीले जानकारी दिए । पार्टी प्यालेस र ठूला होटलमा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम गर्दा क्षमताको एकतिहाई मात्रै मानिसको उपस्थित गराउन पाइने छ । रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सिनेमा हलसहित डान्सबार, दोहोरी साँझ लगायत रात्रिकालीन व्यवसाय पहिलो चरणमा माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एक पटकमा क्षमताको एक तिहाईलाई मात्र प्रवेश गराउन पनि निर्देशन दिएको छ । माघ १५ सम्म स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।