योगगुरु बाबा रामदेवको कम्पनीले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा, आईपीओ पनि जारी गर्ने तयारी

माघ २२, नयाँदिल्ली । योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले पञ्जाव नेशनल बैंक(पीएनबी) र एनपीसीआईको सहकार्यमा भारतमा दुई ओटा क्रेडिट कार्ड सेवा शुरु गरेको छ । दुवै कार्ड प्राथमिक चरणमा  भारतीय रुपया(भारु) मा आधारित रहने छ । यो साता लञ्च गरिएको उक्त कार्डका अन्य विषेताहरुमा कम शुल्क र ज्यादा लिमिट रहेको छ ।उक्त कम्पनीले पीएनबीको सहकार्यमा रु पे मा आधारित क्रेडिट कार्ड सार्वजनिक गरेको हो । दुई प्रकारका कार्डमा पीएनबी रु पे प्लाटिनम र पीएनबी रु पे सेलेक्ट रहेको बताइएको छ । उक्त क्रेडिट कार्डको माध्यमबाट कम्पनीका उत्पादित सामग्री खरीद गरेका उपभोक्ताहरुले आकर्षक क्यासब्याक पाउने छन् । यो सेवा शुरु गर्दा कम्पनीले कुनै शुल्क नलाग्ने पनि बताएको छ । कम्पनीले जारी गरेको बयानमा २ हजार ५०० भारुभन्दा बढीको सामग्रीहरु खरीद गरेमा पहिलो पटक नै २ प्रतिशत क्यासब्याक पाइने छ । आईपीओ जारी गर्दै पतञ्जली भारतीय आयुर्वेदिक सामग्री निर्माता कम्पनी पतञ्जली आयुर्वेदले छिट्टै सार्वजनिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीका सह–संस्थापक योगगुरु बाबा रामदेवले केहि समय अघि यस्तो संकेत गरेका हुन् । पत्रकारहरुले कम्पनीलाई शेयर बजारमा सूचीकृत गर्ने योजना छ कि छैन ? भन्ने प्रश्नको उत्तर दिंदै रामदेवले  अवको केहिसमय पछि शुभ समाचार आउने बताएका थिए । रामदेव र उनका चेला आचार्य बालकृष्ण मिलेर सन् २००६ मा पतञ्जलीको स्थापना गरेका हुन् । शुरुमा आयुर्वेदिक औषधि बनाउने कम्पनीबाट शुरु भएको यो समूहले अहिले विभिन्न सेगमेन्टका वस्तु तथा सामग्रीहरु उत्पादनमा हात हालेको छ । हालैका वर्षमा यसले भारतीय बजारमा कयौं बहुराष्ट्रिय एफएमसीजी कम्पनीहरुलाई समेत आच्छु - आच्छु पारेको छ । सन् २०१२ मा ५ अर्ब रुपया रहेको कम्पनीको आम्दानी सन् २०१६ सम्म आइपुग्दा १ खर्ब भारु पुगेको थियो । आउँदो पाँच वर्षमा कम्पनीको वार्षिक आम्दानी २ खर्ब रुपयामा पुर्‍याउने कम्पनीको लक्ष्य छ । एजेन्सी

सम्बन्धित सामग्री

पतंजली क्रेडिट कार्ड : विभिन्न छुट

एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को–ब्राण्डेट क्रेडिट कार्डको सुरुवात गरेका छन् । भारतमा भएको एक कार्यक्रमकाबीच स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । यस्तै सुरुवाती ३ महिनाको लागि जारी शुल्कमा ५०५ छुट हुनेछ । सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकला

क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट मोबाइल वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्फसर गर्न र नगद झिक्न नपाइने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने व्यवस्था भए पनि अत्यावश्यक अवस्थामा कार्डको स्वीकृत सीमामा १० प्रतिशतसम्म नगद कारोबार गर्न सकिने सुविधा छ । तर, कार्ड प्रयोगकर्ताले मोबाइल वालेटमा लोड गर्ने र त्यसबाट बैंक खातामा ट्रान्सफर गर्ने तथा नगद झिक्ने प्रचलन बढेपछि राष्ट्र बैंकले यसमा रोक लगाएको हो । चालू आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरूले २ लाख १९ हजार ९४६ ओटा क्रेडिट कार्ड जारी गरेका छन् । यसबाट फागुनमा १ अर्ब १४ करोड रुपैयाँ बराबर कारोबार भएको छ । क्रेडिट कार्डबाट वस्तु तथा सेवा खरीद गर्दा भुक्तानी गर्न सकिने व्यवस्था छ । अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम पनि वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संस्थालाई क्रेडिट कार्डबाट लोड भएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरूले सरकारी तथा निजी क्षेत्रमा जागीर गर्ने कर्मचारीका साथै नियमित आम्दानी हुने ग्राहकलाई क्रेडिट कार्ड जारी गर्ने गरेका छन् । यस्तै राष्ट्र बैंकले वालेटका ग्राहकको पहिचानमा कडाइ गर्न पनि निर्देशन दिएको छ । वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानूनबमोजिम  सहुँला/बुझाउँला’ भन्ने बेहोराको स्वघोषणा गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन छ । २०७८ फागुनसम्ममा १ करोड १३ लाख ५७ हजार वालेट प्रयोगकर्ता छन् । फागुन महीनामा मात्र वालेटबाट १६ अर्ब ५९ करोड रुपैयाँ कारोबार भएको छ । पछिल्लो समय युटिलिटी बिल पेमेन्टदेखि सामान खरीद गर्दा भुक्तानी गर्नसमेत वालेटको प्रयोग बढिरहेको छ । यसैगरी राष्ट्र बैंकले ‘मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७’ संशोधन गर्दै मनिचेन्जर कम्पनीहरूले मासिक कारोबार विवरण महीना समाप्त भएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसअघि एक महीनाभित्र विवरण बुझाउन सकिने प्रावधान थियो ।

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

काठमाडौं, २३ चैत्र । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले मिति २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी […]

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

समय सापेक्ष ग्राहकको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प-याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा स’रु गरेको छ । सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे भन्दै बैंकका अध्यक्ष सुदिप आचार्य र […]

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।...

कृषि विकास बैङ्कद्वारा क्रेडिट कार्ड जारी

काठमाडौँ । कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड जारी गरेको छ । आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको बैकले २०७८ साल वैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको हो । हालसम्म यस बैकले ७८ वटा कार्डहरू जारी गरिसकेको छ । नेपालका […]

अब कृषि विकास बैंकको क्रेडिट कार्ड

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ । गत बैशाख महिनाबाट यो सेवा थालेको बैंकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको जनाइएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक, […]

शुरू भयो किसान क्रेडिट कार्ड

काठमाडौं । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले... The post शुरू भयो किसान क्रेडिट कार्ड appeared first on Purbeli News.

शुरू भयो किसान क्रेडिट कार्ड

काठमाडौं । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए ।राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५