अब कृषि विकास बैंकको क्रेडिट कार्ड

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ । गत बैशाख महिनाबाट यो सेवा थालेको बैंकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको जनाइएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक, […]

सम्बन्धित सामग्री

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सेवा व्यवसाय विस्तार सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे ।  सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकले ॐ हस्पिटलको ओपीडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छूट पाउनेछन् । साथै उक्त छूट सुविधा बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् । समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरू कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो ।  २०२४ माघ ७ गते स्थापना भएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर छन् । बैंकले १२९ वटा एटीएम मेसिनबाट पनि सेवा दिइरहेको छ । यससँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, ओभरड्राफ्ट कार्डलगायतका सेवा दिइरहेको जनाएको छ ।

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

लुम्बिनी । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट […]

कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको  पिपरीमा

असोज ५, काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको  पिपरीमा स्थापना भएको छ । उक्त शाखको उद्घाटन हालै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषिलाई नछोड्ने अरुलाई जोडने बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।  कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बताउँदै उनले यसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरीद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने धारणा राखे ।          उक्त कार्यक्रममा कृषि विकास बैंक लिका उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराएका थिए ।