काठमाडौं । प्रहरीले ठगी आरोपमा एक स्कुलका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ । बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो । ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैबैशाखमा दुई करोड ७