भक्तपुर – कोरोना भाइरस संक्रमणको महामारीबीच भक्तपुरको हनुमानघाटमा एक महिने श्रीस्वस्थानी एवं माधवनारायणको व्रत सञ्चालन भएको छ। भक्तपुरको माधवनारायणको व्रत मल्ल राजकुमारहरुले समेत बसेको ऐतिहासिक प्रमाण रहेको छ। भक्तपुरको माधवनारायण व्रत काठमाडौँको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ। हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत […]