माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एव