काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत शुक्रबार व्रतालुले हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् । एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरेका हुन् ।शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्। परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै जान्छन् । यस