गले पुटिन, युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार

युद्धमा रहेको रुसले युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न तयार रहेको बताएको छ ।

सम्बन्धित सामग्री

रुस-युरोप ग्यास पाइपलाइनमा चुहावट

रुसबाट युरोपसम्म आपूर्ति हुने २ वटा प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको छ । रुसी बन्दरगाह शहर सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई वटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करिब १२ सय किलोमिटर लामा ति पाइपलाइनका ३ स्थानमा चुहावट भएको हो ।

चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने

चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सन् २०२४ बाट सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्नेछ । यसैबीच   युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा […]

चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने

मस्को । सन् २०२४ मा चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्ने छ । यसैबीच सोमबार युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको...

९० लाख भन्दा बढी युक्रेनीहरू घरबारविहीन !

एजेन्सी । रुस–युक्रेन युद्ध भएको पाँच महिना पूरा भएको छ । रुसी सेनाले युक्रेनका धेरै सहर कब्जा गरेको छ । यसैबीच, युरोपेली संघकी प्रमुख उर्सुला भोन डर लेयनले आगामी दिनमा रुसले युरोपको ग्यास आपूर्ति रोक्न सक्ने चेतावनी दिएकी छन्।

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

किभ- युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ। रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो। युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ। बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको […]

पुटिनले ग्यास आपूर्ति रोकिदिए युरोपले कसरी सामना गर्ला ?

विश्लेषकहरूले भनेजस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मस्कोको ग्यास हतियार’ प्रयोग गर्ने निर्णय गरे भने त्यसको असर सबै युरोपेली संघका सदस्यमा समान हुने छैन । यसको असर केही मुलुकमा अरूमा भन्दा धेरै हुनेछ । रुसी कदमले सिर्जना गर्ने प्रभावका भिन्नताहरू ती ऊर्जा बजार कसरी व्यवस्थित छन् र त्यहाँको कानुन कस्तो छ भन्ने कुराबाट निर्देशित हुन्छ । आज युरोपेली संघले प्रयोग गर्ने कुल प्राकृतिक ग्याँसको ३५ प्रतिशत रुसबाट मात्रै आउँछ । रुस विश्वमा प्राकृतिक ग्याँसको सबैभन्दा ठूलो निर्यातक

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट