रुसबाट युरोपसम्म आपूर्ति हुने २ वटा प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको छ । रुसी बन्दरगाह शहर सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई वटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करिब १२ सय किलोमिटर लामा ति पाइपलाइनका ३ स्थानमा चुहावट भएको हो ।