हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् ।
हिमालमा प्रयोग हुने डोरी, ज्यूमर, आइसएक्स, हार्डनेस, क्याराविनर, रक पिटन लगायतका महत्वपूर्ण सामग्रीको मापदण्ड नहुँदा जाथाभावी प्रयोग हुने गरेकाले असुरक्षित आरोहण भएको गुनासो विदेशी आरोहीहरुबाट हुने गरेको छ ।