डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।
योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ ।
सिँचाइ सुविधापछि व्...