सौर्य शक्तिमा आधारित लिफ्ट सिँचाइ : सिरेनी क्षेत्रलाई हरियाली बनाइँदै

वैशाख ९, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको भर पर्नु पर्छ ।  जति मेहनत गरेपनि सिँचाइ अभावले वर्षभरी खानपुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधि भित्र्याएर गाउँको मुहार फेर्न नागरिक तल्लिन रहेका छन् । एक करोड ६१ लाख रुपैयाँको लागतमा सौर्य शक्तिको प्रयोगबाट भेरी नदीको ८० मिटर माथि ४० घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण कार्य शुरु गरिएको छ ।  ‘बाह्रै महीना गाउँमा सिँचाइको सुविधा पुगेपछि युवा विदेश जाने सोच त्यागेर तरकारी खेतीबाट मनग्यै आम्दानी गर्न सक्नेछन्,’ कर्णाली प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टले भने, ‘सिँचाइ अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन कालापहाडदेखि खाडीमुलकसम्म भौतारि रहनु परेको छ ।’  उनले सिँचाइ सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषकहरु लिफ्ट सिँचाइ प्रविधि ल्याइएपछि उत्साहित भएको बताए । ‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्वर १, मा यस्ता अन्य कयौं वस्तीहरु छन् । कृषिलाई व्यवसायिक गराउन प्रोत्साहन गरिएको यस्तो प्रविधिले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, यस्तो प्रविधि सिँचाइ समस्या भएका अन्य स्थानमा पनि अनुसरण गराउन मेरो प्रयास जारी छ ।’ उनले बाह्रै महीना सिँचाइ सुविधाको चुनौतीको रुपमा रहेका सिरेनी, सुँगरखाल र कोप्चीलगायतका सुक्खावस्तीहरुमा सिँचाइ पुर्‍याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागि परेको बताए । विपन्न दलित समुदायको बाहुल्यता रहेको सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुमा कर्णाली प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानी पोखरी (वाटर रिजर्भ ट्यांकी) बनाउन लागिएको छ ।  चालू आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयका ईन्जिनियर डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म करीब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिँचाइ आयोजनाबाट करीब ४० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिँचाइ आयोजना कोसेढुंगा सावित हुने विश्वास राखेका छौं ।’  उनले नजिकै पानीको स्रोत भएपनि सुख्खा रहेका सुर्खेतका वस्तीहरुका लागि लिफ्ट सिँचाइ उपयुक्त रहेको बताए । यता गाउँमा पर्याप्त कृषियोग्य जनशक्ति भएपनि सिँचाइ अभावले उत्पादन बढाउन नसक्दा घरखर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताए । 

सम्बन्धित सामग्री

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

अलपत्र छन् करोडौँ लगानीका भेरी कोरिडोर आयोजनाका लिफ्ट सिँचाइ

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको भेरी कोरिडोर सिँचाइ विकास आयोजनामार्फत निर्माण गरिएका अधिकांश लिफ्ट सिँचाइ आयोजनाहरू प्रयोगमा नआई अलपत्र अवस्थामा छन् ।

सुनकोशी–सित्खा लिफ्ट सिंचाई आयोजना ६ वर्षदेखि अलपत्र

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापमार्फत सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पु¥याउने...

तेह्रथुममा लिफ्ट सिँचाइ आयोजना सञ्चानल, स्थानीय खुशी

तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]

डाेटीकाे दिपायलमा वृहत् लिफ्ट सिँचाइ याेजना निर्माण सुरु

डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ । सिँचाइ सुविधापछि व्...

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी […]

जाजरकोटका लिफ्ट सिँचाइ योजना अलपत्र

जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन् । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भए पनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकीसम्म ल्याइएको पाइपले ट्यांकीसम्म नै नजोडी बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्या भएको हो । भेरी नगरपालिका–१ रिम्ना […]

रेखदेख नहुँदा तीन वर्षदेखि लिफ्ट सिँचाइ बन्द

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको हो । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको हो । नगरपालिकाको वडा नम्बर ८ र ९ का करिब […]

कुदुमा एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना

सुर्खेत : भेरी नगरपालिका–१३ कुदु जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने भएका छन्।यहाँ एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासी असोजसम्म खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन्। असोजसम्म तीनवटै योजनाहरू निर्माण कार्य पूरा हुने लक्ष्यका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। कुदुको  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने मन्त्री सिंहले बताए।भेरी नदीको पानीलाई लिफ्टमार्फत कुदुमा ल्याई यहाँ

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।