काठमाडौं। तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्न सुरु गरिएको छ। निषेधाज्ञाको समयमा नै सडक कालोपत्रे गर्न सुरु गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको सडकको कालोपत्रे असार महिनाभित्र सक्ने लक्ष्य रहेको छ। कालोपत्रेका लागि १९ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।